logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिन्धुपाल्चोकमा खोलाले बगाएर एक वृद्धको मृत्यु


अंकुरण खबर
1.43K
Shares

सिन्धुपाल्चोकको झ्याडी खोलाले बगाएर सोमबार एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका –९ भोटसिपा निवासी ५७ वर्षीय धावा लामा छन्। खोला तर्ने क्रममा बगाएको उनको शव करीब एक किलोमिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उता गत बुधबार रातिको बाढी पहिराले बेपत्ता भएका बाह्रबीसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका –५ बुलकोटेका २० जनाको खोजी जारी छ।

पानी पर्ने क्रम नरोकिएपछि उद्धारमा कठिनाइ भइरहेको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए। रासस