logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नवलपरासीमा पहिरो खस्दा पूर्वपश्चिम राजमार्ग अवरुद्ध


अंकुरण खबर
3.458K
Shares

नवलपरासीको (बर्दघाट सुस्तापूर्व)मा पहिरो जादा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहानै विनयी त्रिवेणी गाउँपालिकाको विश्वकर्मा बाबाको मन्दिर नजिकै पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । प्रहरीका अनुसार पहिरोसँगै खसेको रूखले बा१४च ७०२० नंको कार र ना६ख १५५९ नंको ट्रकमा क्षति पुगेको जनाएको छ ।

अहिले सुरक्षा निकाय र स्थानीको पहलमा अवरुद्ध सडक खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।