logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक सशस्त्र प्रहरीको मृत्यु


अंकुरण खबर
754
Shares

कञ्चनपुरको कृष्णपुरमा मोटरसाइकल दुर्घटना हुँदा सशस्त्र प्रहरीमा कार्यरत एक महिलाको मृत्यु भएको छ ।

सोमबार बेलुका महेन्द्रनगरबाट धनगढीका लागि छुटेको म १ प ८९१ नम्बरको मोटरसाइकल झाडीमा खस्दा सशस्त्र प्रहरी जवानको मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कृष्णपुरको बनदेवी झाडीमा मोटरसाइकल खस्दा सशस्त्र प्रहरीमा कार्यरत तारा बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरी जवान चन्द्रबहादुर बोहराले चलाएको मोटरसाइकल दुर्घटना भएको हो । उनी दुर्घटनामा मृत्यु भएकी २४ वर्षीया तारा बोहोराका श्रीमान हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापाले साइकल यात्रुलाई बचाउन खोज्दा मोटरसाइकल दुर्घटना भएको बताए । चालक चन्द्रबहादुरलाई सामान्य चोट लागेको उनले बताए । बझाङ घर भएका बोहरा पाँच वर्ष पहिले प्रहरीमा भर्ना भएका थिए । उनी हाल जिल्ला प्रहरी कार्यालय कंचनपुरमा कार्यरत छन् ।

दुर्घटनामा मृत्यु भएकी तारा बोहरा सशस्त्र प्रहरीमा दार्चुलामा कार्यरत रहेको प्रहरी नायव उपरीक्षक थापाले बताए ।