सार्वजनिक सवारी साधान सञ्चालन गर्ने विषयमा आज व्यवसायी र अर्थमन्त्रीबीच छलफल हुँदैछ ।
आज दिउँसो २ बजे अर्थमन्त्री डा. युवराज खतिवडासँग यातायात व्यवसायीका समस्याबारे छलफल हुने भएको हो । सार्वजनिक यातायात केन्द्रीय महासांघका अध्यक्ष होम प्रसाद अधिकारीले बुधबारदेखि सार्वजनिक यातायात सञ्चालन हुन सक्ने बताएका छन् ।
सरकार आफ्ना माग पूरा गर्न सहमत भए आफूहरु पनि सार्वजनिक यातायता सञ्चालन गर्न तयार रहेको उनले बताए ।
सरकारले यातायात व्यवसायीहरूको बैंकको ब्याज र किस्तामा सहयोग गर्ने बचन दिइसकेको छ भने यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्बाङसँग पनि छलफल भएकोमा सो छलफल सकारात्मक भएको उनले बताए ।
आज अर्थमन्त्रीले गर्ने प्रतिवद्धताअनुसार भोलिदेखि सार्वजनिक बस सेवा सञ्चालन हुने–नहुने तय हुने उनले बताए ।
गत चैत ११ गतेदेखि लकडाउन जारी भएपछि मुलुकभर रहेका झन्डै साडे तीन लाख सार्वजनिक बसहरु थन्किएका छन् । मयुर लगायतका केही यातायात भने सोमबारदेखि सञ्चालनमा आएका छन् ।