logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउन : सडकमा हिँडिरहेकी युवतीलाई घर पुर्‍याइदिने भन्दै गाडी भित्र बोलाएर बलात्कार


अंकुरण खबर
910
Shares

काठमाडौंमा एक युवकले लकडाउनका बेला सवारी नपाएर पैदल हिँडिरहेकी युवतीलाई लिफ्ट दिने भन्दै गाडीभित्र बोलाएर बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।

असार २८ गते साँझ ललितपुरको नख्खु क्षेत्रमा एक २७ वर्षीय युवकले २० वर्षीया युवतीलाई लिफ्ट दिएर गाडीमा घर पुर्‍याइदिने भन्दै गाडीभित्र बोलाएर बलात्कार गरेको खुलेको हो ।

प्रहरीका अनुसार युवतीमाथि बलात्कार गर्ने युवक इलाम घर भइ ललितपुरको नख्खु बस्ने २७ वर्षीय वीक्रम गजमेर हुन् । आइतबार साँझ युवतीमाथि बलात्कार गरी फरार रहेका गजमेरलाई २४ घण्टा भित्रै सोमबार साँझ पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।

पक्राउ परेका गजमेरमाथि थप अनुसन्धान र आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुरको जिम्मा लगाइएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।