प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच वार्ता भएको छ ।
ओली प्रचण्डबीच गत बुधवार यता वार्ता हुन सकेको छैन । भेटवार्ता नभएको एक साता हुनै लाग्दा नेकपाका अध्यक्षद्वयबीच छलफल भएको हो ।
सत्तारुढ दल नेकपामा देखिएको विवाद समाधानका लागि भन्दै नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच ६ दिनपछि छलफल भएको छ ।
प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा मंगलबार दुई अध्यक्षबीचको भेटवार्ता जारी छ ।
यसअघि गत साता चार दिन लगातार ओली प्रचण्डबीच छलफल भएपनि कुनै निष्कर्ष निस्किएको थिएन । स्रोतका अनुसार पछिल्लो समय नेकपामा देखिएको आन्तरिक विवाद समाधानका लागि छलफल हुने बुझिएको छ ।