कोरोना भाइरसलाई जितेर रुकुम पश्चिममा २० जना व्यक्ति घर फर्केका छन् ।
जिल्लाको चौरजहारी नगरपालिका–१ मा अवस्थित चौरजहारी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएर उपचार गराएका व्यक्तिहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई अस्पतालले डिस्चार्ज गरेको हो ।
जसमध्ये सल्यान वनगाड कुभिन्डे नगरपालिका निवासी ११ जना पुरुष र रुकुम पश्चिमको चौरजहारी नगरपालिका निवासी ९ जना पुरुष कोरोनामुक्त भई घर फर्केका हुन् ।
भारतको गुजरातबाट आएका उनीहरुको स्वाव परीक्षण गर्दा पोजेटिभ आएपछि चौरजहारीमा निर्माण गरिएको कोरोना विशेष अस्पतालमा गत जेठ २८ गते भर्ना गरिएको थियो ।
रुकुम पश्चिमबाट कोरोना संक्रमण हुने व्यक्तिहरुको संख्या २२ पुगेको छ ।