logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मेलम्ची खानेपानी आयोजनाको शुरुङमा पानी हाल्ने क्रममा इन्जिनियरसहितलाई खोलाले बगायो


अंकुरण खबर
2.093K
Shares

मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी हाल्ने कामको परीक्षणका क्रममा इन्जिनियरसहित ४ जनालाई खोलाले बगाएको छ ।

मेलम्ची खानेपानी आयोजनामा कार्यरत एक कर्मचारीका अनुसार अम्बाथानस्थित मुहानको अडिट गेटको मर्मत गर्ने क्रममा ४ जनालाई पानीले बगाएको हो ।

पानीले बगाएकामध्ये ३ जनाको उद्दार भएको छ । पानीमा बगेका आयोजनाको इन्जिनियर शेखर खनाल, सर्भेयर पेम्वा लामा र अर्का एक प्राविधिकको उद्दार भएको छ ।

पानीले बगाएकामध्ये १ जना गाडी चालक भने बेपत्ता छन् । खोलाले आयोजनाको गाडी समेत बगाएको आयोजनाका कर्मचारीले जानकारी दिए ।

विगत एक हप्तादेखि नै शुरुङको प्राविधिक पक्षको परीक्षणका लागि पानी हाल्ने क्रम चलिरहेको छ ।

पानीले बगाएर घाइते भएका इन्जिनियर खनालसहित तीनै जनालाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ । उनीहरुको हेलिकोप्टरमार्फत उद्दार गर्ने तयारी भइरहेको जनाइएको छ ।