पार्टीको विवाद मिलाउन भन्दै बसेको नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीचको मंगलबार भएको वार्ता विना निष्कर्ष टुंगिएको छ ।
६ दिनपछि मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा करीब १ घण्टासम्म चलेको वार्तामा कुनै निष्कर्ष ननिस्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। भोलि पुन: बसेर सहमतिको सम्भावनाको खोजी गर्ने सहमति भएको जनाइएको छ
स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको माग उठेपछि नेकपा भित्र आन्तरिक विवाद सतहमै छताछुल्ल भएको छ ।
मंगलबारको छलफलमा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहोर्याएको र प्रचण्डले कम्तिमा एउटा पद छाडनु पर्ने अडान राखेका कारण सहमति नजुटेको जनाइएको छ । पार्टी स्थायी कमिटी बैठक पटक पटक सारी साउन २ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ ।