logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भेरी अस्पतालको परीक्षणमा थप १० जनामा कोरोना पुष्टि


अंकुरण खबर
780
Shares

भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालले एक विज्ञप्तिमार्फत पछिल्लो २४ घण्टामा २०० नमुना परीक्षण गरिएकोमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

नयाँ थपिएका सङ्क्रमितहरू एकजना महिला र ९ जना पुरुष छन् । उनीहरुमध्ये रोल्पाका तीनजना पुरुष, बर्दियाका एकजना पुरुष, बाँकेकी एक जना महिला र दाङका पाँच जना पुरुष छन् ।