logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गाउँपालिकाका सूचना अधिकारी ८५ हजार घुससहित पक्राउ


अंकुरण खबर
910
Shares

कैलालीमा गाउँपालिकाका सूचना अधिकारी ८५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

जोशीपुर गाउँपालिकाका नासु तथा सूचना अधिकारी सिद्धराज जोशी ८५ हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले उनलाई पक्राउ गरेको हो ।

सीपमूलक तालिममा सहजीकरण गरेको भन्दै ८५ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा जोशीलाई पक्राउ गरिएको कार्यालयका निमित्त प्रमुख महेश पाण्डेयले जानकारी दिए ।