logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता शाहीलाई कोरोना पुष्टि


अंकुरण खबर
1.092K
Shares

कर्णाली प्रदेशका सांसद तथा प्रतिपक्षी दल नेपाली कांग्रेस नेतालाई कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार आएको पीसीआर परीक्षणको रिपोर्टमा उनलाई कोरोना पोजेटिभ देखिएको हो। कोरोना पुष्टि भएपछि शाही आफ्नै निवास सुर्खेतमा सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

प्रमुख प्रतिपक्ष दलका नेतामा कोरोना संक्रमण देखिएपछि प्रदेशसभा सदस्य तथा सचिवालयमा त्रास फैलिएको छ। उनको सम्पर्कमा आएका व्यक्तिको समेत कोरोना परीक्षण गरिने भएको छ।

संसदीय समितिका बिभिन्न बैठकमा सहभागी हुने गरेका शाही संसद बैठकमा पनि उपस्थित हुने गरेका थिए ।

संसद बैठक अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको छ।