logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

केही दिन ठूलो पानी पर्ने सम्भावना छैन : मौसमविद


अंकुरण खबर
2.288K
Shares

अबको केही दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् ।

गएको बिहीबारदेखि सक्रिय बनेको मनसुन हिजोदेखि केही कमजोर बनेको हो । तराई नजिक रहेको न्यूनचापीय रेखा कमजोर भएसँगै मौसममा सुधार आउन थालेको मौसमविद गंगा नगरकोटीले जानकारी दिए ।

मौसम सुधारसँगै अबका तीन दिन लगातारको झरी पर्ने सम्भावना कम भएको उनले बताइन् । तर मनसुन कायमै रहेकोले केही ठाउँमा भारी वर्षाको पनि सम्भावना रहने मौसमबिद् नगरकोटीले बताइन् । यसअघि बिहीबारदेखि अस्ति सोमबारसम्म देशका धेरै ठाउँमा भारी वर्षा हुँदा ठूलो जनधनको क्षति भएको छ ।

मनसुन सुरु भएपछि जेठ ३० गतेदेखि हिजोसम्म बाढी र पहिरोमा परी एक सय जनाको ज्यान गएको छ । ४३ जना बेपत्ता भएका र ९७ जना घाइते भएका प्रहरीले जनाएको छ । बाढी पहिरोबाट २५ जिल्ला प्रभावित भएका छन् ।