logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

नेकपा विवाद : अध्यक्षद्वयबीच आज निर्णायक बार्ता हुने


अंकुरण खबर
689
Shares

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको बिवादले उग्र रुप लिइरहेको बेला आज दुई अध्यक्षबीच निर्णायक बार्ता हुने भएको छ ।

हिजो दुई अध्यक्षबीच बार्ता हुने भनिएपनि प्रधानमन्त्री समेत रहेका कार्यकारी अध्यक्ष केपी ओली दिनभरको दौडधुपले थाकेको बताएपछि बालुवाटार पुगेका पुष्पकमल दाहाल प्रचण्डबिना बार्ता फिर्ता भएका थिए ।

आज दुबै अध्यक्षबीच आज हुने बार्ता निर्णायक हुने र दुवै अध्यक्षले सहमतिपत्रमा हस्ताक्षर गर्ने बालुवाटार स्रोतले जानकारी दिएको छ ।

पार्टी फुटको संघारमा पुगेको बेला दोस्रो पुस्ताका नेताहरुले शीर्ष नेताहरुलाई दवाव दिएपछि पार्टी भित्रको बिवाद हाललाई केही हद सम्म समाधान भएको छ ।

सचिवालय र स्थायी समितिका बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजिनामा दिन ओलीलाई दवाव दिएपछि पार्टी फुटको संघारमा पुगेको थियो ।