नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
बुधबार छापावाला सुनको मूल्य ६ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी पनि १० रुपैयाँले बढेर प्रतितोला १ हजार ५ रुपैयाँमा कारोबार भएको छ ।