गण्डकी प्रदेशमा बुधबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा र प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशालामा गरिएको परीक्षणमा थप २५ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमितमध्ये नवलपरासी पूर्वका ११, म्याग्दीका ९, तनहुँका ३, गोरखाका १ र कास्कीका १ जना रहेका छन्।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार २२८ पुगेको छ।