logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलात्कार आरोपमा वडा अध्यक्ष पक्राउ


अंकुरण खबर
962
Shares

१७ वर्षीया किशोरी बलात्कारको आरोपमा कालिकोटको खाँडाचक्र गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष पक्राउ परेका छन् ।

वडा अध्यक्ष जगदीश शाहीलाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो । पीडितले प्रहरीमा जाहेरी दिएपछि वडाध्यक्ष शाही पक्राउ परेका हुन् ।

आरोपितलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलियाले बताए ।

हाल कक्षा १० मा अध्ययनरत किशोरीलाई शाहीले २०७४ सालदेखि नै यौन दुर्व्यवहार गर्दै आएको र गत वर्षको भदौ १७ गते घरमै आएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

वडाध्यक्ष शाहीले बलात्कारको घटना अरुलाई भने ज्यान मार्ने धम्की दिएकाले पहिले भन्न नसकेको बालिकाले बताइन् ।

पछिल्लोपटक बलात्कार गरिरहेको घटना अर्की एक बालिकाले देखेपछि घटनना सार्वजनिक भएको थियो ।