नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ११ बजे शुरु भएको ‘वान अन वान’ वार्ता भर्खरै सकिएको हो।
नेकपामा सहमति जुटाउन मंगलवार पनि छलफल गरेका ओली र प्रचण्डले बुधवार तीन घण्टा लामो छलफल गरेका हुन्। छलफलमा के कुराकानी भन्ने खुलाइएको छैन।
असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठक साउन २ गते बोलाइएको छ। त्यस अघि सहमति गर्न दुवै अध्यक्ष वार्ता गरेका हुन्। पटक-पकट वार्ता गर्दा पनि सहमतिमा पुग्न सकेका छैनन्।
प्रचण्ड र माधव नेपाल पक्षका स्थायी कमिटी सदस्यले प्रधानमन्त्री ओलीको दुवै पदबाट राजीनामा माग गरिरहेका छन्। प्रधानमन्त्री ओली भने कुनै पनि पदबाट राजीनामा नदिने अडानमा छन्।