चितवनमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुरस्थित प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा बुधबार ८ जनामा संक्रमण पुष्टि भएको हो ।
माडी नगरपालिका वडा नम्बर १, ७ र ८ का १९ वर्षदेखि ३६ वर्ष उमेर समूहका पुरुषहरुमा कोरोना सक्रमण देखिएको अस्पतालले जनाएको छ ।
कोरोना देखिएका सबै जना क्वारेन्टाइनमा बस्दै आएका थिए ।