कोरोना भाइरसको महामारी बढेपछि जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने व्यवस्था बैंकहरुले भोलिदेखि हटाउने भएका छन् ।
बिहिबार नेपाल बैकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले विज्ञप्ति जारी गर्दै यस्तो निर्णय गरेका हुन् । यस अघि कोरोना संक्रमण रोक्न र लकडाउनका कारण समस्यामा परेका नागरिकलाई सहज बनाउन बन्दै जुनसुकै एटीएमबाट पैस निकाले पनि शुल्क लाग्दैन थियो । तर बिस्तारै जनजीवन सामान्य बन्दै गएपछि अब अन्य बैंकको एटीएम कार्ड प्रयोग गर्दा शुल्क लिने वा नलिने भन्ने निर्णय सम्बन्धित बैंकले नै गर्न पाउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अबदेखि इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्कबारे पनि नेपाल क्लियरिङ हाउसले नै निर्णय गर्ने भएको छ ।