logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

अन्य बैंकको एटीएमबाट पैसा निकाल्दा भोलिदेखि पैसा लाग्ने (विज्ञप्ति सहित)


अंकुरण खबर
1.469K
Shares

कोरोना भाइरसको महामारी बढेपछि जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने व्यवस्था बैंकहरुले भोलिदेखि हटाउने भएका छन् ।

बिहिबार नेपाल बैकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले विज्ञप्ति जारी गर्दै यस्तो निर्णय गरेका हुन् । यस अघि कोरोना संक्रमण रोक्न र लकडाउनका कारण समस्यामा परेका नागरिकलाई सहज बनाउन बन्दै जुनसुकै एटीएमबाट पैस निकाले पनि शुल्क लाग्दैन थियो । तर बिस्तारै जनजीवन सामान्य बन्दै गएपछि अब अन्य बैंकको एटीएम कार्ड प्रयोग गर्दा शुल्क लिने वा नलिने भन्ने निर्णय सम्बन्धित बैंकले नै गर्न पाउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अबदेखि इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्कबारे पनि नेपाल क्लियरिङ हाउसले नै निर्णय गर्ने भएको छ ।