नेपालमा कोरोना भाइरसबाट संक्रमित थप एक जनाको मृत्यु भएको छ।
रौतहटका ३६ वर्षीय युवाको आज दिउँसो मृत्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
उनी केही समयअघि आफ्ना दाइको कोरोनाका कारण मृत्यु भएपछि अन्तिम संस्कारका लागि भारत गएका थिए। दाजुको अन्त्येष्टिमा सहभागी भएर फर्किएका उनलाई क्वारेन्टिनमा राखिएको थियो ।
केही दिनअघि उनी रुघा र श्वासप्रयासमा समस्या आएपछि वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना भएका थिए। अस्पताल भर्ना भएलगत्तै कोरोना परीक्षण गरिएकोमा आज पोजेटिभ रिपोर्ट आएको हो।
स्वास्थ्य जटिल बनेपछि आज बिहानदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो।