logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ७ जना कोरोना संक्रमित


अंकुरण खबर
1.118K
Shares

काठमाडौं उपत्यकामा बुधबार ७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार काठमाडौंमा ७ जना थपिएका जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका चार जनामा कोरोना संक्रमण भेटिएको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका दुई जना र त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एक जनामा कोरोना देखिएको उनले जानकारी दिए ।

योसहित काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ३६५ पुगको छ।