भोली साउन १ गते देखि निजी विद्यालयहरुले विद्यार्थीहरुलाई दिदै आएको अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् ।
नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीले संयुक्त रूपमा बुधबार प्रेस विज्ञप्ति निकालेर अनलाइन र दूर शिक्षा रोक्ने बताएका हुन्।
आफूहरुले उठाएको सम्बोधन नभएको भन्दै प्याब्सन र एन–प्याब्सनले बैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने निर्णय गरेको छ। प्याव्सनले अनलाइन कक्षा बन्द गर्दै शिक्षक तथा कर्मचारीलाई बेतलवी घर विदा दिने निर्णय गरेका छन्।
आर्थिक समस्याका कारणले शिक्षण सिकाइ क्रियाकलापलाई निरन्तरता दिन नसकेको उनीहरूको भनाइ छ।
असार १ गतेदेखि उनीहरूले वैकल्पिक विधिबाट पठनपाठन सुरू गरेका थिए।