logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलात्कारको आरोपमा शसस्त्र प्रहरीका एसएसपी पक्राउ


अंकुरण खबर
2.184K
Shares

बलात्कारको आरोपमा प्रहरीले शसस्त्र प्रहरी बल-एपीएफका वरिष्ठ उपरिक्षक-एसएसपी राजेन्द्र अधिकारीलाई पक्राउ गरेको छ।

अधिकारी सशस्त्र प्रहरी बल तालिम केन्द्र लामापाटन, पोखरामा कार्यरत थिए। कास्कीका प्रहरी उपरिक्षक-एसपी जिवन श्रेष्ठले अधिकारीलाई पक्राउ गरेको जानकारी दिए।

एक महिलाले अधिकारीविरुद्ध बलात्कारको उजुरी दिएपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको जनाइएको छ ।