सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोले दुईवटा घर पुर्दा एकै परिवारका ५ जना बेपत्ता भएका छन् ।
गएराति अबिरल रुपमा परेको बर्षासँगै गाउँपालिका–४ फुल्पिङकट्टीमा ज्ञानजेन शेर्पाको घर पुरिदाँ उनकी आमा, बहिनी, श्रीमती र २ छोरी वेपत्ता भएको वडाध्यक्ष साङ्दोर्जे शेर्पाले जानकारी दिए।
ग्यान्जेन भने काठमाडौंमा बस चलाउँदै आएका छन् । अहिले वडाअध्यक्ष सहित प्रहरीको टोली घटनास्थलमा जाँदै छ ।
अबिरल वर्षाले गएराति नै भोटेकोशी नदिमा १.५ मिलिमिटर नदिको सतह बढ्दा तल्लो तटिए क्षेत्रका स्थानिय समेत त्रसित भएका छन । पहिरोले स्थानीय एक विद्यालयमा पनि क्षति पुर्याएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।