logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

गण्डकी प्रदेशमा थपिए ३ जनामा कोरोना संक्रमित


अंकुरण खबर
1.365K
Shares

गण्डकी प्रदेशमा गएको २४ घण्टामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार विज्ञप्ति जारी गरी बागलुङमा २ र स्याङजामा १ गरी ३ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।

बागलुङ गल्कोटका २५ र ३५ वर्षका २ पुरुष तथा स्याङ्जा वालिङका १९ वर्षीय पुरुषमा पीसीआर रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।

संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन वार्डमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ३१ पुगेको छ । हालसम्म ९ सय २५ जना निको भइ घर फर्केका छन् भने ४ जनाको मृत्यु भर्ईसकेको छ ।