logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बेपत्ताको खोजीमा गएको डुंगा भोटेकोशीमा पल्टियो, सशस्त्र प्रहरी बलका चार जना घाइते


अंकुरण खबर
2.821K
Shares

सिन्धुपाल्चोकमा गएको पहिरोमा बेपत्ताको खोजीमा परिचालित गोताखोरको डुंगा पल्टिएको छ ।

गोताखोर टोलीको डुंगा पल्टिँदा चार जना अधिकारी घाइते भएका छन् ।

यसैबीच  भोटेकोसी गाउँपालिका–४ फुल्पिङकट्टीमा बुधबार राति पहिरोमा पुरिएकामध्ये एक जनाको शव फेला परेको छ । पहिरोले बगाएको घरछेउमै शव भेटिएको हो ।

पहिरोमा परि बेपत्ता हुनेमा स्थानीय ग्याल्जेन शेर्पाको परिवारका १६ वर्षीया याङ्जी शेर्पा, १४ वर्षीया छिरिङवाङ्मु शेर्पा, ७५ वर्षीया सुमबुट्टी शेर्पा, ३५ वर्षीया साङ्बु शेर्पा र ४० वर्षीया सेमसङ्ग शेर्पा छन् ।