नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ ।
आज छापावाल सुन एक सय रुपैयाँले घटेर तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाला सुन तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन तोलामा ९२ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै आज चाँदी तोलामा १ हजार ५ रुपैयाँमा कारोबार भएको छ । बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।