logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सुनको मूल्य घट्यो, चादीँको स्थिर


अंकुरण खबर
988
Shares

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ ।

आज छापावाल सुन एक सय रुपैयाँले घटेर तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुन तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन तोलामा ९२ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै आज चाँदी तोलामा १ हजार ५ रुपैयाँमा कारोबार भएको छ । बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।