logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा भित्रको विवाद : तीन नेताबीच बालुवाटारमा छलफल सुरु


अंकुरण खबर
1.131K
Shares

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन नेताबीचको संयुक्त बैठक बालुवाटारमा सुृरु भएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीच त्रिपक्षीय वार्ता सुरु भएको हो ।

पार्टीभित्र बढ्दै गएको विवाद समाधानका लागि अध्यक्ष ओली, प्रचण्ड र नेता नेपालबीच निर्णायक वार्ता सुरु भएको छ । आजको बैठकमा नेताहरुले सहमतिको अन्तिम बिन्दु खोज्ने स्रोतले जानकारी दियो ।

स्रोतकाअनुसार दुई नेताबीच पटकपटक बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि नेता नेपाललाई पनि सहभागी गराइएको हो ।

बुधबार बसेको दुई अध्यक्षको बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री अ‍ोलीलाई नेता नेपाललाई पनि बैठकमा सहभागी गराउन आग्रह गरेका थिए ।

नेकपा स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्रीले दुईमध्ये एक पद छोड्नुपर्ने माग राखेपछि चर्किएको नेकपाभित्रको विवाद अझै साम्य हुन सकेको छैन् ।

नेताहरुबीच सहमति हुन नसक्दा नेकपा स्थायी कमिटी बैठक पटपटक स्थगित हुँदै आएको छ । नेकपा स्थायी कमिटी बैठक साउन २ गते अर्थात भोलीका लागि बोलाइएको छ ।