logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङमा जीप दुर्घटनामा परी एक जनाको मृत्यु, ४ जना घाइते


अंकुरण खबर
1.04K
Shares

दाङमा भएको जीप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

बिहीबार बिहान कपिलबस्तुको कृष्णनगरदेखि दाङको तुलसीपुर तर्फ आउँदै गरेको रा १ च ९६६२ नम्वरको बोलेरो जीप घोराही उपमहानगरपालिका– ३ मुसोटमा दुर्घटनामा परेको हो ।

घटनामा तुलसीपुर उपमहानगरपालिका–१५ घर भएका १६ वर्षीय पदम वलीको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते वलीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो ।

घाइतेमध्ये सोही ठाउँका २६ वर्षीय देवराज वली र २४ वर्षीय गोपल श्रेष्ठको अवस्था गम्भीर रहेको जनाइएको छ । गम्भीर घाइते दुबै जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डीएसपी समुति खड्काले जानकारी दिए ।

डिएसपी खड्काका अनुसार जीपका चालक तुलसीपुर १५ कै ३८ वर्षीय भिमबहादुर वली र सोही ठाउँकै १७ वर्षीय विशाल वली पनि घाइते भएका छन् । उनीहरुको घोराहीमै उपचार भइरहेको छ।