पूर्वी नवलपरासीमा बिहीबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये पाँच जना प्रहरी रहेका छन्।
गैडाकोटको क्वारेन्टाइन र होम क्वारेन्टाइनमा रहेकाका सुरक्षाकर्मीसहितको असार ३० गते स्वाब संकलन गरी परीक्षण गर्दा १८ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।
संक्रमित मध्ये ५ महिला र १३ जना पुरुष रहेका छन्। संक्रमण पुष्टि भएकाहरुलाई रजहरको सामुदायिक प्राकृतिक चिकित्सालयमा पठाउने तयारी भइरहेको छ।
प्रहरीमा संक्रमण पुष्टि भएपछि इलाका प्रहरी कार्यालय गैडाकोटमा कार्यरत प्रहरीलाई छुट्टै राखिएको छ।
प्रहरी र होम क्वारेन्टाइनमा बसेकोमा समेत संक्रमण पुष्टि भएपछि गैडाकोटमा समुदायमा कोरोना संक्रमण फैलिएको हुन सक्ने आशंका गरिएको छ।