प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफललगत्तै वरिष्ठ नेता माधव नेपाल पार्टी कार्यालय धुम्बाराही पुगेका छन् ।
बालुवाटारमा विहीबार तीन घन्टा लामो छलफल विना निष्कर्ष सकिएसँगै उनी धुम्बाराही पुगेका हुन् ।
पार्टी कार्यालयमा नेपालले उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग छलफल गरेका छन् । पोखरेल प्रधानमन्त्री ओली निकट हुन् भने नेता नेपाल लगायतले प्रधानमन्त्री ओलीले पार्टी र सरकारबाट राजीनामा दिनुपर्ने अडान राख्दै आएका छन् । तर ओलीले भने दुबै पदबाट राजीनामा दिन नसकिने बताएका छन् । जसका कारण समस्या समाधान हुन सकिरहेको छैन ।
बारम्बार स्थगित हुँदै आएको स्थायी समिति बैठक भोलिका लागि बोलाइएको छ । त्यसअघि नै नेताहरुबीच सहमति कायम गर्ने प्रयत्न भने नेकपामा जारी रहेको छ ।