नेपालमा थप एक जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका वडा नं १ का ७३ वर्षीय वृद्ध रहेका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका उनको बिहिबार मृत्यु भएको हो ।
बुधबार अस्पतालमा भर्ना भएका उनको सोही दिन नै स्वाब संकलन गरिएको थियो । उनको बिहीबार कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनको आइसोलेसमा राखेर उपचार गरिएको थियो ।
उनी रक्तचाप, मधूमेह र मुटु रोगको पनि बिरामी रहेको बताइएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ । उनको कोरोनाबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ ।