logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाको स्थायी कमिटी बैठक ३ बजेसम्मका लागि स्थगित


अंकुरण खबर
1.261K
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि समय नपुगेको भनेपछि केही घण्टाका लागि बैठक स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए  ।

त्यसअघि ओली र प्रचण्डबीच छलफल हुने जनाइएको छ ।

विहीबार अध्यक्षद्वय र नेता माधव कुमार नेपालबीचको वार्ता पनि निष्कर्षबिना नै टुंगिएको थियो ।