पार्टीमा देखिएको विवाद समाधानका लागि नेकपाका अध्यक्षद्वय छलफलमा जुटेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा छलफल शुरु भएको हो ।
आज विहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक तीन बजेसम्मका लागि स्थगित गरेर अध्यक्षद्वय छलफलमा रहेको
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
विहीबार ओली प्रचण्ड र नेता माधव नेपालबीचको छलफलमा आजका लागि बोलाइएको स्थायी कमिटी बैठक सञ्चालन गर्ने र त्यसअघि दुई अध्यक्षबीच छलफल गर्ने सहमति भएको थियो ।
दुई अध्यक्षबीच कुन मोडालिटीमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने स्रोतको भनाइ छ ।