logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनचादीँको मूल्य घट्यो


अंकुरण खबर
715
Shares

नेपाली बजारमा शुक्रबार सुनको मूल्य ५ सयले घटेको छ ।

आज छापावाला सुनको मूल्य ५ सयले घटेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य १० रुपैयाँले घटेर ९ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।