अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेललाई सेवाग्राहीसँग लिएको घुससहित पक्राउ गरेको छ।
उपमहानगरपालिकाको शिक्षा शाखाबाट सञ्चालन भएको कक्षा ८ को परीक्षा खर्च फारक गरी भुक्तानी दिने क्रममा पोखरेलले ६५ हजार रूपैयाँ घुस लिएको अख्तियारले जनाएको छ।
पोखरेलले घुस मागेको भन्दै परेको उजुरीका आधारमा बिहीबार पुगेको अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्।
पोखरेललाई हिरासतमा राखेर अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन्।