पछिल्लो चौबिस घण्टामा कर्णाली प्रदेशमा १२ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेत, दैलेख, जुम्ला र चौरजहारी प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा १२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ७२६ पुगेको छ ।