गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज सबै भन्दा धेरै नवलपरासी पूर्वका १८ जना र तनहुँका ७ जना रहेका छन्।
गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार आज पछिल्लो परीक्षणको क्रममा नवलपरासी पूर्वका १८ जना र तनहुँका ७ जनामा संक्रमण देखिएको हो।
तनहुँको म्याग्दे गाउँपालिकामा १७ र ३० वर्षीय पुरुष, भानु गाउँपालिकाका २७ र २२ वर्षीय पुरुष, व्यास नगरपालिकामा २७, १९ र २४ वर्षीय पुरुष तथा गैँडाकोटका ५ महिलासहित १८ जना गरी २५ जनामा संक्रमण देखिएको हो।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ सय ५६ पुगेको छ।