भारतीय राज्य उत्तर प्रदेशअन्तर्गत पर्ने तीर्थस्थल बनारसमा बस्दै आएका नेपाली नागरिकमाथि त्यहाँका हिन्दू धर्मावलम्वीहरुले दुर्व्यवहार गरेका छन् ।
भारतका हिन्दुवादीहरुले प्रधानमन्त्री ओलीकोअभिव्यक्तीको विरोधमा त्यहाँ रहेका नेपाली नागरिकको जवर्जस्ती मुन्डन गरिरहेका भिडियोहरु सामाजिक सञ्जालमा भाइरल हुन थालेका छन्।
हालै एक नेपाली युवालाई मुण्डन गरेर राम भारतमा जन्मेको भन्दै प्रधानमन्त्री ओलीको विरोधमा नाराबाजी गर्न लगाइएको छ। सामाजिक सञ्जालमा भाइरल बनेको उक्त भिडियोमा ती नेपाली युवाको कपाल खौरेर तालुमा जय श्री राम लेखेको देखिन्छ।
हिन्दुवादी संगठन विश्व हिन्दु सेनाका समर्थकले उनको कपाल मुण्डन गर्दै प्रधानमन्त्री ओलीको विरोधमा नाराबाजी गर्न लगाएको हो।
यसैबीच घटनाबारे भारतका लागि नेपाली राजदूत निलम्बर आचार्यले चासो दिएका छन्। उनले सामाजिक सन्जालमार्फत उक्त घटनाबारे उत्तर प्रदेशको मुख्यमन्त्री कार्यालयसँग कुरा भएको जानकारी दिएका छन्।
https://twitter.com/seeuabhishek/status/1284001733115437057?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1284015931275063298%7Ctwgr%5E&ref_url=https%3A%2F%2Fdeshsanchar.com%2F2020%2F07%2F17%2F384780%2F
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि नेपालमा रहेको तर भारतले नक्कली अयोध्या खडा गरेको अभिव्यक्ति दिएपछि ओलीको विरोधमा हुदै आएको छ ।