काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गामा स्थानीयको कुटाइबाट १ जना व्यक्तिको मृत्यु भएको छ ।
बिहीबार राति १ बजेतिर मदिरा सेवन गरी चोरी गर्न आएको भन्दै टोलबासीले १ जना व्यक्तिमाथि कुटपिट गरेका थिए ।
कुटपिटबाट मृत्यु हुनेमा रसुवा घर भइ काठमाडौंको कपुरधारामा बस्दै आएका छिरिङ तामाङ छन् । स्थानीयको कुटपिटबाट रसुवाकै दोर्जे तामाङ घाइते भएका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम ज्ञवालीका अनुसार मृतक तामाङ र उनका एकजना साथी मध्यरातमा मदिरा सेवन गरेर सो क्षेत्र पुगेका थिए ।
दुई जना टोलमा पुगेपछि कुकुर भुक्दा स्थानीयले चोर आएको भन्दै लेखेटेका थिए । लखेट्दा पनि भाग्न नसकेका उनीहरुलाई कुटपिट गरेका थिए । कुटपिटबाट छिरिङको मृत्यु हुन पुगेको प्रहरीको भनाइ छ ।
प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीले दुई जनालाई पक्राउ गरेर विस्तृत अनुसन्धान थालेको छ ।