logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साउदीको दमामबाट साउन ५ देखि  उद्धार उडान हुने


अंकुरण खबर
728
Shares

रोजगारीका लागि साउदी पुगेका नेपालीहरूलाई उद्धार कार्य जारी छ ।

हालसम्म नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलले समस्यामा परेका नेपालीहरूको उद्धार उडान गर्दै आएका छन् ।

साउन ५ गतेदेखि उक्त दुई एयरलाइन्सले साउदीको दमामबाट उडान गर्ने साउदीमा रहेको नेपाली राजदूतावासले जनाएको छ ।

स्वदेश फर्कने नेपालीहरूको सूची नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा दूतावासले तयार गरी नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको आधिकारिक सम्पर्क व्यक्तिसमक्ष पठाइएको छ ।

यसअघि विभिन्न मितिमा प्रकाशित सूचीमा नाम परेका तर हालसम्म स्वदेश फर्किन नसकेकाहरू भने प्राथमिकता सूचीमै रहने दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

दूतावासले टिकट बुकिङ सुनिश्चित भएपछि मात्र कोरोना परीक्षण गर्न अनुरोध गरेको छ ।