सिरहामा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कर्जन्हा नगरपालिका-७ प्रेमनगर बस्ने २५ वर्षीय राजेश राउतलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
राउतले ती किशोरीलाई फकाई फुलाई आफ्नो घरमा बोलाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।