logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

क्वारेन्टाइनमा बसेका एक युवकले गरे झुन्डिएर आत्महत्या


अंकुरण खबर
1.352K
Shares

लमजुङको क्वोलासोथार गाउँपालिकाका क्वारेन्टाइनमै झुण्डिएर एक युवकले आत्महत्या गरेका छन्।

शुक्रबार बिहान क्वोलासोथार गाउँपालिका–६ पसगाउँका २३ वर्षीय युवराज घर्तीले आत्महत्या गरेका हुन्।

घर्ती असार ३१ गतेदेखि क्वोलासोथार गाउँपालिकाको गिलुङस्थित बुद्धोदय माविको क्वारेन्टाइनमा बस्दै आएका थिए।

क्वारेन्टाइनमा एक्लै बसेका घर्तीले आत्तिएर आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

घर्तीको यसअघि स्वाब परीक्षण नगरिएका कारण शुक्रबार नै स्वाब निकालेर परिक्षणका लागि पोखरा पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।