logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कर्णाली प्रदेशमा थप ७ जनामा कोरोना पुष्टि


अंकुरण खबर
585
Shares

कर्णाली प्रदेशका विभिन्न जिल्लामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा दैलेखका ५ जना तथा रुकुम पश्चिम र सल्यानका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यो सहित कर्णाली प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १ हजार ७३३ पुगेको छ।

यस्तै (शुक्रबार) आजै ५ जना डिस्चार्ज भएका छन्। योसहित कर्णालीमा डिस्चार्ज हुनेको संख्या १ हजार ४९३ पुगेको छ।

प्रदेशमा हालसम्म कोरोनाबाट ६ जनाको मृत्यु भएको छ।