नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा तीन जनालाई निर्देशकमा नियुक्त गरेका छन्।
नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसहित रहेका निधिले नीति निर्देशकमा डा. जगदीशचन्द्र पोख्रेललाई नियुक्त गरेका छन्। पोख्रेल योजना आयोगका पूर्व उपाध्यक्ष हुन्।
यस्तै अनुसन्धान निर्देशकमा डा. सूर्य ढुंगेललाई र प्रशिक्षण निर्देशकमा खिलानाथ दाहाल नियुक्त भएका छन्।
निर्देशकहरुले प्रतिष्ठान प्रमुख र कार्यकारी निर्देशकसंग समन्वय गरी कार्यक्रम गर्ने जनाइएको छ।