logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मौद्रिक नीति : कोरोना महामारीका कारण कर्जा भुक्तानीको समय थपियो


अंकुरण खबर
767
Shares

कोरोना भाइरसको महामारीका कारण प्रभावित क्षेत्रले बैंकलाई तिर्नुपर्ने साँवा र ब्याज भुक्तानीको समय थपिने भएको छ।

नेपाल राष्ट्र बैंकले २ साउन (शुक्रबार) जारी गरेको चालू आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिले कृषिमा गर्ने कर्जाको बाध्यात्मक सीमा तय गरेको हो।

आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमार्फत् कोरोनाका कारण सामान्य, मध्यम र अति प्रभावित गरी तीन प्रकारको समायावधि थप हुने भएको हो। २०७७ असार मसान्तसम्म समयावधि रहेका अल्पकालीन कर्जा पुस मसान्तसम्म नवीकरण गर्न सकिनेछ।

यो असारमा म्याद सकिएका सामान्य प्रभावित उद्योग तथा क्षेत्रले आगामी पुससम्मको लागि साँवा, ब्याज भुक्तानीको समय पाउनेछन्। त्यस्तै असारमै म्याद सकिएका मध्यम प्रभावित क्षेत्रले आगामी चैत मसान्तमा र अति प्रभावित क्षेत्र तथा उद्योगले ७८ असार मसान्त अर्थात् एक वर्ष समय बढी पाउनेछन्।

पुन: स्थापित उद्योग र पर्यटन उद्योगले भने आवश्यकता अनुसारको समय थप पाउने भएका छन्।