logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए तीन जना कोरोना संक्रमित


अंकुरण खबर
1.001K
Shares

काठमाडौं उपत्यकामा शुक्रबार थप ३ जनामा कोरोना संक्रमण भएको छ।

काठमाडौंमा १ र भक्तपुरका २ जनामा कोरोना संक्रमण देखिएको  छ ।

योसँगै अहिलेसम्म काठमाडौं उपत्यकामा ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा सबैभन्दा बढी २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै ललितपुर जिल्लामा ७६ जना र भक्तपुर जिल्लामा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।