logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकार लिम्पियाधुरासहितको नयाँ नक्साबारे पुस्तक सार्वजनिक गर्ने तयारीमा छ : मन्त्री अर्याल


अंकुरण खबर
754
Shares

सरकारले नेपाली भू–भाग लिम्पियाधुरा समेटिएको नयाँ नक्सासहितको पुस्तक सार्वजनिक गर्ने तयारी गरेको छ ।

मन्त्रालयले शुक्रबार मन्त्रालयमा आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरा समेतको भूभाग समेटिएको नक्सा र समग्र सीमासँग सम्बन्धीत विषय, तथ्य प्रमाणहरु समेटेर पुस्तक प्रकाशन गर्ने तयारीमा रहेको जानकारी दिएकी हुन् ।

मन्त्री अर्यालले सिंगो सीमासँग जोडिएका विषय र त्यो क्षेत्रलाई विस्तृत रूपमा पुस्तकमा लिपिबद्ध गर्नुपर्छ भनेर नापी विभागमार्फत् मन्त्रालयले कामको थालनी गरेको जानकारी दिइन् । कालापानी, लिम्पियाधुरासम्म भएका इतिहास, ऐतिहासिक पक्ष, अन्तर्राष्ट्रिय सीमा सिद्धान्तलाई राखेर तथ्य प्रमाण राखेर निकट भविश्यमै त्यो किताब प्रकाशन गर्ने तयारीमा रहेको मन्त्री अर्यालले बताइन् ।