logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

प्युठानमा कामदार बोकेको ट्रयाक्टर दुर्घटना हुँदा सातको मृत्यु


अंकुरण खबर
1.677K
Shares

प्युठानमा ट्रयाक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ ।

स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु २ च ४२३४ नं को ट्रयाक्टर दुर्घटना भएको हो ।

स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छैन । ट्रयाक्टरमा आठ सवारमध्ये एक जना बाँचेको उल्लेख गर्दै सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।